Nepal's First Video FM

प्युठानमा बस दुर्घटना एकको ज्यान गयो, ३ जना घाइते

463

राजेश समर्पण नेपाली, कार्तिक ४ । तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको माण्डवि गाउँपालिका २ गोलबाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन।

मंगलबार बिहान प्युठानको तिरामबाट दाङको घोराही तर्फ जाँदै गरेको राप्ती यातायत समितीको ना ४ ख ५५६१ नं को बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिनुभयो। उहाका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि – १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते हुनुभएको छ। उहाहरुको अबस्था गंभीर छ।

घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको प्रहरी जवान बिकले जानकारी दिनुभयो ।

You might also like

Comments are closed.