Nepal's First Video FM

उपचार नपाए नागरिकले कर नतिर्ने अधिकार छ : देउवा

369

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिरेको बताएका छन्।

महामारीमा जनताको निःशुल्क उपचार राज्यको आधारभूत दायित्व भएको उनले टिव्टमा उल्लेख गरेका छन्। सरकारले आफ्नो दायित्व पुरा नगरे ‘कर तिर्दिनँ पनि भन्न पाउने’ नागरिकको अधिकार रहेको उनले दाबी गरे। संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा परिभाषित गरेको उनले स्मरण गराए।

सरकारकै हेलचेक्र्याइँले कोरोना भाइरस समुदायस्तरमा फैलिएको देउवाले आरोप लगाए। संक्रमति भएका सर्वसाधारणको निःशुल्क उपचार नगर्ने सरकारी निर्णय गैरजिम्मेवार र संविधानको ठाडो उल्लंघन भएको देउवाले बताए।

सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको आदेश पालना गर्न उनले सरकारसँग माग गरेका छन्।

You might also like

Comments are closed.