रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए ।
यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
Comments are closed.