काठमाडौं । अब टिकटक मन पर्ने हरुको लागि खुसीको खबर आएको छ यदी तपाई टिकटक एप चलाउनु हुन्छा भने नेपाल मा टिकटक स्टार आयोजना हुने भयको छ ।पछिल्लो समय नेपालमा पनि सामाजिक सञ्जाल टिकटक लोकप्रिय बन्दै गइरहेको छ ।
टिकटकको लोकप्रियतालाई ध्यान दिँदै एचपी इन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमानै बसीबसी देशको विभिन्न स्थानमा रहेका नवप्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसरसहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।
प्रतिभा भएका तर अवसरवाट वञ्चित प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर पु-याएको क्षति र लामो समयसम्मको बन्दाबन्दीपछि पनि जनजीवन कहिले सामान्य रूपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र क्षेत्रका कामहरू पनि तत्काल सुरु गर्नसक्ने अवस्था नरहेकाले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।
अनलाइनबाटै प्रतियोगितामा भाग लिन सकिने र विजेताहरूले चलचित्रका काम गर्ने अवसरका साथै कार, स्कुटरलगायत अन्य थुप्रै आर्कषक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एचपी इन्टरटेन्मेटको अनलाइन पोर्टल www.ppfilmy.com गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनुपर्नेछ ।
हेर्नुहोस टिक टक स्टार एभिलिना खड्का भिडियो
Comments are closed.