Nepal's First Video FM

केकी र गौरब को सबै लाई रूहौने “जहाँ छोड्यौ तिमीले “

444

काठमाडौं । गायक तथा सर्जक दिवान किनारको भर्खर मात्र निकै मन छुने आधुनिक गीत “जहाँ छोड्यौ” तिमीले साङ्गितिक बजारमा सार्वजनिक भयको छ ।

निकै सफल तथा अजम्बरी गीत तिमी कस्को हुनेहोला माया एउटा सङ्ग जस्ता सयौ सुपरहिट गीत दर्शक स्रोताहरुमाझ पस्कियर आफ्नो छुट्टै पहिचान बनाइसकेका दिवान किनार यो गीतबाट पनि दर्शक स्रोताहरुबाट सोचे अनुसार माया पाउने आशा राख्दछन ।
दिवान किनार को सङ्गित रहेको यस गितमा शब्द भने एस् एस गणेश को रहेछ त्यसैगरि आवाज भने सुगमा सङ्गितका निकै कर्णप्रिय स्वरका धनी स्वरुपराज आचार्यले दियका छन ।

त्यसैगरि भिडियो निर्देसन तर्फ निसान कश्यपले यस गितको निर्देशन गरेका छन भने छायाँकन गरेका छन उत्सब दाहालले त्यसैगरि सम्पादन पनि निर्देसक निशान कश्यपले नै गरेका छन नायिका केकी अधिकारि र नायक गौरब पहाडी अनी कुमार बास्तोलाको मुख्य अभिनयमा रहेको यस गितलाई निर्माण तथा उत्पादन भने पशुपती म्युजिक ले गरेको छ ।

यस्तै गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् ।

गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’ खड्काले थपे ।

You might also like

Comments are closed.