Nepal's First Video FM

नवरात्रिको छैठौं दिन माता कात्यायनीको पूजा

571

नवरात्रिको छैठौं दिन माता कात्यायनीको पूजा गरिन्छ । माताको विशेष पूजाले कन्याको विवाहमाआएको बाधा दूर हुने बिश्वास छ । शास्त्रको अनुसार कृष्णलाई पतिको रूपमा प्राप्त गर्नको लागि बृजकी गोपिनीले माता कात्यायनीको पूजा गर्नु भएको थियो ।

माताको पूजाले देवगुरु ब्रहस्पति प्रसन्न भएर कन्यालाई राम्रो पतिको वरदान मिल्ने बिश्वास छ ।

कात्यायन ऋषिको तपस्या बाट खुशी भएर माताले पुत्रीको रूपमा उहाँकै घरमा जन्म लिनुभएको थियो । यसर्थ उहाँको नाम कात्यायनी रहन गयो । माताको शरीर अत्यन्तै सुन्दर आभूषणले सुसज्जित हुन्छ ।

उहाँको वर्ण सुन जस्तै चम्किलो हुन्छ । माता कात्यायनीलेनै महिषाषुर दैत्यको संहार गर्नु भएको थियो । अनि सन्सारभर सत्यको जित संगै उहाँको आरधना शुरुआत भएको थियो ।

You might also like

Comments are closed.