Nepal's First Video FM

कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि

291

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै बोर्डले ९ गतेदेखि परीक्षा संचालन हुने जानकारी गराएको हो। यसपटकको परीक्षमा सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने व्यवस्थासहित मंसिर ९ बाट परीक्षा तालिका सार्वजनिक गरिएको बोर्डका प्रमुख चन्द्रमणि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ।

‘परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको पौडेलले बताए। केही समय अघि ४/५ हजार विद्यार्थी पढिरहेको विद्यालयभन्दा टाढा थिए,’ पौडेलले भने, ‘संख्या केही घट्न पनि सक्छ, उनीहरुलाई नजिकको विद्यालयमा परीक्षा दिन सक्ने व्यवस्था गरेका छौं।’ यस्तै, बोर्डले इलोक्ट्रोनिक्स प्रवेश पत्र भए पनि साथमा हुनुपर्ने जनाएको छ।

You might also like

Comments are closed.