काठमाडौं, ६ कात्तिक । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र उहाँकी पत्नी तारा मानन्धरमा कोरोना संक्रमण देखिएको छ ।
बास्कोटाले आफू र तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ
बाँस्कोटाले बिहिबार आफू र श्रीमतीलाई कोरोना पोजेटिभ भएको सञ्जाल फेसबुक र ट्वीटरमार्फत जानकारी दिनुभएको हो। उहाँले आफूले पछिल्लो १० दिनदेखि कसैसंग भेटघाट नगरेको बताउनुभएको छ ।
आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जनाउनुभएको छ । उहाँले आफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताउनुभएको छ ।
बास्कोटाले ट्वीटरमा भन्नुभएको छ, ‘मलाई पनि पोजेटिभ देखियो।तर राम्रो के भने बितेको दश दिन यता मैले कसैलाई भेटेको छैन।मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो। सुरक्षीत रहौ।’
यस्तै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनी अहिले सुरक्षाविधी अपनाएर होम आइसोलेसनमा बसेका छन्। मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए।
उनीसँगै उनकी श्रीमती, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले सल्लाह दिए ।
दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखान तथा खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन् ।
अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए । उनले भने, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।”
र यो पनि …..
काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उनले भने, “घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ ।”
सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उनले अध्ययन गरेका छन् । नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उनले बताए । उनले भने, “जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ ।”
काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग गरे । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उनको तर्क छ । उनले भने, “त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन् ।”
अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा. पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उनको जोड छ ।
Comments are closed.