Nepal's First Video FM

‘लक्ष्मी पूजा’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदै

324

काठमाडौँ, ६ कात्तिक, भोलि दशैको फुलपातीदेखि चलचित्र लक्ष्मी पूजा ६ वटा टेलिभिजन नेटवर्कको डिजिटल प्लेटफर्मबाट प्रदर्शन हुने भएको छ । नेपालमा यति धेरै डिजिटल प्लेटफर्ममबाट नयाँ फिल्म एकसाथ पहिलोपल्ट बुढासुब्बा डिजिटलले रिलिज गर्न लागेको हो ।

बुढासुब्बा डिजिटलका प्रबन्धक विश्व खड्काले अबको चलचित्र प्रदर्शनको माध्यम भनेको नै डिजिटल प्लेटफर्म नै भएको र अहिलेको डिजिटल माध्यम भनेको टेलिभिजन च्यानल वितरण नेटवर्क भएको बताउँदै नेपालका प्रमुख ६ बटा नेटवर्क मार्फत चलचित्र लक्ष्मीपूजा रिलिज हुने भएको उनले जानकारी दिए ।

देशभरि वितरण नेटवर्क भएका एमएसओहरु समेटिएको कारण शहरदेखि दुरदराजका गाउँगाउँसम्म पुग्ने दाबी गर्दै प्रबन्धक खड्काले अब डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्पको रुपमा आउनेछ र यो अहिलेको समय माग भएको बताएका छन् ।

कोरोनाको कारण सरकारले जारी गरेको निषेधाज्ञाका विच मै छायाँकन गरिएको लक्ष्मीपूजा डिजिटल प्रविधिबाट रिलिज हुने विल्कुलै फ्रेस चलचित्र हो ।

बुढासुब्बा डिजिटलका प्रबन्धक विश्व खड्काका अनुसार डिस होम सिनेमा घर च्यानल नं ८८८, म्याक्स टिभीको सिनेमा हल २ च्यानल नं ४४४, मेरो टिभिमा बिएम सिनेमा हल च्यानल नं ५, स्काई टिभिको बिएम सिनेमा हल च्यानल नं ७० बाट प्रर्दशन हुदैछ भने नेट टिभि र भाय टिभिको भिडियो अन डिमाण्डमा पनि चलचित्र लक्ष्मी पूजा उपलब्ध हुनेछ ।

चलचित्र लक्ष्मी पूजामा समिर मियाँ डेब्यु निर्देशन रहेकोछ, जो एउटा राम्रो सम्पादक र एनिमेटर पनि हुन । यो शोभित बस्नेतले निर्माण गरेको चलचित्र हो ।

यस्तै मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा फिल्म छनोट भएको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रदर्शनमा आउन नसकेको यो फिल्म नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म हुने फेस्टिभलमा वर्ल्ड प्रियिमर हुनेछ ।

कोलकाता फिल्म फेस्टिभलमा फिल्म छनोट भएकोमा कलाकारदेखि निर्माता-निर्देशकले खुसी व्यक्त गरेका छन् । केही प्राविधिक कारणले फिल्म तयार हुन समय लागेको तर ढिला भए पनि राम्रो बनेको निर्देशक राईले बताए । उनका अनुसार, फिल्मले एक रातको कथा भन्छ । काठमाडौंमा रातको समयमा दुई अपरिचित युवा-युवतीको भेट भएपछिको कथालाई फिल्ममा बुनिएको छ ।

नायक कर्मा शाक्य, नायिका मेनुका प्रधान र कलाकार जीवन बरालको अभिनय रहेको ‘महानगर’ माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निर्माण गरेको हो । यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परिक्षित झाको सम्पादन छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.