Nepal's First Video FM

नायक दिलिप रायमाझीले अन्जली अधिकारीलाई मन्दिरमा गएर मागेपछि !

546

काठमाण्डौ कार्तिक – पछिल्लो पुस्तामा सबैको मन मुटुमा बसेका चर्चित गायक सरोज लामिछाने र कल्याण रत्न कार्कीले आवाज दिएको सबैको मन छुने नया लोकदोहोरी गीत बजारमा आएको छ। काँठ क्षेत्रका गीत संगीतमा पछिल्लो समय आफ्नो उच्च बर्चस्व स्थापित गर्न सफल गायक सरोज लामिछानेको फेरी अर्को गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “मेरो मायालाई” नाममा बजारमा आएको हो । गीतमा सरोज लामिछाने र कल्याण रत्न कार्कीलाई मेलिना राईले आवाजमा साथ् दिएकी छिन।

गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतमा निकै रुचाइएक नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ । साथमा अन्जली अधिकारीको अभिनयले पनि यस गीतको आकर्षणमा वृद्धि ल्याएको छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायाँकन नबराज उप्रेती, अजय रेग्मी र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

You might also like

Comments are closed.