Nepal's First Video FM

बडादशैंको नवौं दिन आज महानवमी

423

आज महानवमी अर्थात् विजया दशमीको अघिल्लो दिन । उसो त आज आश्‍विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा पनि हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै छ । आजको दिनमा बलि दिने चलनसमेत छ ।

महानवमीका दिनमा दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्‍न शक्तिपीठमा लगेर चढाइन्छ । दसैँघर र कोतलगायत विभिन्‍न देवीका मन्दिर तथा शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । आजको दिनमा दुर्गा सप्तशतीको स्तोत्र पाठ गर्ने चलनसमेत छ ।

पशुबलि नदिनेहरुले भने आफ्नो परम्पराअनुसार कुभिन्डो, घिरौंला, काँक्रो र नरिवलको बलि दिने गर्छन् ।

You might also like

Comments are closed.