Nepal's First Video FM

माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

488

 माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ का दुई जनाको शनिबार साँझ मृत्यु भएको हो ।

दशैंमा घर पोत्ने माटो लिन गएका छेडागाड–३ चुवाकी ३० वर्षीया शितला जैसी र १६ वर्षीया आरती दाहालको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । माटोमा पुरिएर अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी ५० वर्षीया धनसरी चनारा रहेका छन् ।

उनीहरुलाई दशेरा स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकप्टर मार्फत् सुर्खेत लगिएको बताइएको छ ।

You might also like

Comments are closed.