Nepal's First Video FM

कुशल श्रेष्ठको निर्देशनमा रामकृष्ण ढकालको ‘अधर’ (भिडियो)

495

काठमाडौँ । करिब डेढ दशकदेखि बेलायतमा रहेर पत्रकारितासँग सँगै म्यूजिक भिडियो निर्देशनमा पनि ब्यस्त निर्देशक हुन्, कुशल श्रेष्ठ ।

करिब ३ दर्जन म्यूजिक भिडियो निर्देशन र छायांकन गरिसकेका निर्देशक श्रेष्ठ सम्पादन र छायांकनमा पनि अभ्यस्त छन् । उनै निर्देशक श्रेष्ठको निर्देशनमा तयार भएको गायक रामकृष्ण ढकालको नयाँ गीत ‘अधर’ सार्वजनिक भएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ शब्दमा शिखर शन्तोषले संगीत भरेका छन् । जसमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ ।

भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस देख्न सकिन्छ ।

यस्तै चर्चित गीत तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो गीत सार्वजनिक भएको छ । चापागाईंले ‘गाला पुक्क’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

उक्त गीत आफूले करिब तीन वर्ष अगाडि संगीत भरेको र जीवनको पहिलो गीत रहेको गीतकार चापागाईंले बताएका छन् । सार्वजनिक गीतमा प्रेमिल जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितिमाहरुलाई देखाइएको छ । गीतलाई फ्युजन शैलीमा पस्किन खोजिएको छ ।
चापागाईंले भने, ‘शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने मेरो सानो प्रयास हो।’

गीतमा संगीत र स्वर सुजन चापागाईंको रहेको छ भने शब्द शैलेश गिरिको छ । गीतको संगीत संयोजन र ध्वनि मिश्रण शार्दुल श्रेष्ठले गरेका छन् । गीतमा देखाइएको भिडियो एनिमेसन र रङ्ग संयोजन ग्रफिक्स सुदिप पाण्डेले गरेका हुन् ।

You might also like

Comments are closed.