Nepal's First Video FM

प्रताप दासको स्वर रहेको गीत ‘हिसाब किताब’

498

काठमाडौं,। प्रताप दासको स्वर रहेको नयाँ गीत ‘हिसाब किताब’ को भिडिओ सार्वजनिक भएको छ । एस थ्रिके ईन्टरटेनमेन्टद्धारा आज भिडिओ सार्वजनिक भएको हो ।

गीतको भिडिओमा वर्षा शिवाकोटी र सागर कार्कीको अभिनय देख्न सकिन्छ । भिडिओमा पवन भट्टराई भने भिलेनको रोलमा छन् । राज भारतीको शब्द, रचना रहेको उक्त गीतमा संगित भने विक्रम थापाले भरेका हुन् । एरेन्ज भने भीमसेन मानन्धरको छ । गौरब शाही कार्यकारी निर्माता रहेको उक्त भिडिओको निर्देशन र परिकल्पना आकाश उखेडा हुन् ।

यस्तै लोकप्रिय लोकपप गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत मसलाको भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा सुनिललाई पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छिन् ।

सुनिलको दशैँ कोशेली मसलामा सुधिर श्रेष्ठ, लोकप्रिय हाँस्य कलाकार बुद्धि तामाङ, सुन्दरी नायिका जेबिका कार्की र विशाल रेग्मीको अभिनय रहेको छ ।
कोरोना कहरको बीचमा पनि नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै गायक सुनिलले आफ्ना फ्यान तथा शुभचिन्तकको मनमा थोरै भए पनि ‘उमंग छाओस्’ भन्ने हिसाबले रोमान्टिक शैलीको प्रेम रोमान्सले भरिएको ‘मसला’ बोलको डान्सिङ गीतको भिडियो ल्याएको बताए ।

भिडियोमा वैँशालु उमेरका युवा युवतीले जानेर नजानेर गर्ने देखाउने प्रेमाभावलाई यौन मनोवैज्ञानिक तरिकाले प्रस्तुत गरिएको छ ।
भट्टीमा आउने युवा ग्राहकले देखाउने हाउभाउलाई कलात्मक शैलीमा देखाइएको छ । गायक गिरीकै कन्सेप्ट, निर्देशन, शब्द, संगीत र एरेन्जमा तयार भएको भिडियो राजधानीको बालाजु सुटिगं ल्याबमा छायांकन गरिएको हो ।

सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् ।

गायक गिरीका को होला त्यो मसँग आँखा जुधाउने, रोगै पिरती, सोल्टिनी भनी बोलाको, मुग्लान लगायतका गीतहरु चर्चित छन् ।

You might also like

Comments are closed.