१० कात्तिक, काठमाडौं । कलाकार दीपकराज गिरीले दसैंको सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै उनले पहिले आफू पनि मांसहारी भएको तर ८ वर्षयता शाकाहारी भएको उल्लेख गरेका छन्।
आफू सानो छँदा माया गरी पालेको खसी दसैंमा काटिँदा रुने गरेको पनि फेसबुकमार्फत बताएका छन्। सके शाकाहारी बन्न नसके खसी काटेको, मासु खाएको तस्बिर सामाजिक सञ्जालमा नराख्न सबैमा अनुरोध गरेका छन्।
उनकाे अनुभव यस्तो छ ………..
सानो छँदा १० दिनअघि नै घरमा खसी आउँथ्यो। खसीसँग खेल्दा, खसीको कान निमोठ्दा, म्वाइँ खाने गर्दा खसीसँग एक प्रकारको सामीप्यता महसुस हुन थाल्थ्यो।
अष्टमीका दिन आफ्नैअगाडि त्यो खसी काटिँदा धेरै रून्थें म…पछि बिस्तारै ठूलो हुँदै गएँ, खसी काट्दा आफैं खुट्टा समाउन अघि सर्न थालें….यसकाे मतलब बिस्तारै संवेदनाहीन हुँदै गएँ म…
मासुबिना त दसैं नै हुँदैन भन्ने लाग्न थाल्यो, तर ८ वर्षअगाडि भगवानको आशीर्वाद भनौं वा चमत्कार!
मासुसँग बिस्तारै मोह भंग हुन थाल्यो र म शाकाहारीमा परिणत भएँ…महसुस भयो मासुले दसैं रमाइलो भाको होइन रहेछ। दसैं आफैंमा रमाइलो पर्व रहेछ!
शाकाहारी भोजनमा पनि आनन्द आउँदोरहेछ। यसको मतलब मांसहारी भोजन गर्नु नै हुँदैन भन्ने अधिकार मलाइ छैन, सक्छौं, शाकाहारी भोजन गरौं, सकिन्न खसी काटेको, मासु खाएको फोटो चाहि पोस्ट नगरौं!
सम्पूर्ण आदरणीय मित्रहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
यो वर्ष निश्चित दूरी कायम गरेर, आफ्नो परिवारसँग मात्रै टीकाटाला गरौं, सकुशल रह्यौं भने आफन्तहरूसँग पछिपछि पनि टीका लगाउने मौका त आइहाल्छ नि होइन र? सबैलाइ नमन!
Comments are closed.