Nepal's First Video FM

बक्सिङ खेल्दा खेल्दै ज्यान गुमाए ३१ वर्षिय स्कट वेष्टग्राथ

450

फागुन १५, बक्सिङ आँफैमा निकै जोखिमपूर्ण खेल हो । यो खेल्दा खेल्दै कतिपय खेलाडीहरुले ज्यान गुमाएका छन् । जसको पछिल्लो उदाहरण बनेका छन्, चर्चित बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथ ।

जसले ३१ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका छन् । शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घण्टापछि उनको उपचारका क्रममा निधन भएको जनाइएको छ । तर उनको निधन भएको सोमबार राति मात्र जानकारी गराइएको हो ।

खेल सकिएलगत्तै सञ्चार माध्यमसँगको कुराकानी पछि उनी स्टक ब्याकस्टेजमा बेहोस भएर लडे र आकस्मिक अस्पताल पुर्याए लगत्तै ज्यान गुमाए । व्यवसायिक करियरमा उनले यसअघि ६ वटामा जित, दुई हार र एक बराबरी बाउट खेलेका थिए ।

You might also like

Comments are closed.