Nepal's First Video FM

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

350

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकाका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा १ कार्तिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएका उनी स्वास्थ्य अवस्था गम्भीर भएपछि ८ कात्तिकमा प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

योसँगै प्रदेश १ मा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरी १ सय ७२ जनाको मृत्यु भएको छ।

You might also like

Comments are closed.