एजेन्सी । भारतकी चर्चित गायिका नेहा कक्करले अन्तत आफ्ना प्रेमी रोहनप्रितसंग विवाह गरेकी छन् ।
उनको विवाहका बारेमा अनेक अड्कलवाजी गरिएको थियो । प्रचारका लागि विवाहको प्रचार गरिएको भन्दै गरिएको अड्कल गलत सावित भएको छ । दुई परिवारका बीचमा शनिबार विवाह भएको छ । विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले विवाह गरेको भिडियो र फोटोहरु यतिबेला सामाजिक संजालमा भाइरल बनेका छन्। ३२ वर्षकी नेहाले २५ वर्षका रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यस अघि आदित्य नारायण झासंग पनि विवाहका बारेमा निकै चर्चा भएको थियो । उनीहरुको रियालिटि शो कार्यक्रममै दुई परिवारले विवाहको घोषणा गरेका थिए । तर पछि उदित नारायण झाले कार्यक्रमको पब्लिसिटिका लागि त्यसो गरिएको भन्दै प्रतिकृया दिएका थिए ।
यसै महिनाको सुरुवातमा नेहाले रोहनप्रितसँगको सम्बन्धको बारेमा सामाजिक सन्जालमा सार्वजनिक गरेकी भएपनि यसलाई पनि उनीहरुको कुनै नयाँ गीतका लागि प्रचार गरिएको अनुमान गरिएको थियो । तर शनिवार उनले वास्तवमै रोहनप्रीतसंग विवाह गरेकी हुन् । उनीहरु रियालिटि शो मै भेट भएका थिए । नेहा जज थिइन् भने रोहनप्रीत प्रतियोगीका रुपमा सहभागी भएका थिए ।
रोहनप्रित पनि संगीतकर्मी भएको बताइएको छ। अक्टोबर २२ मा विवाह दर्ता गरेका उनीहरुले दुईदिनपछि विवाह गरेका हुन्।
Comments are closed.