Nepal's First Video FM

आज बाट तातो पनि नाका पुन सुरु हुने

558

सिन्धुपाल्चोक, कार्तिक १२ । चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो । वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवत ः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताइएको छ । अक्टोबर ४ र ५ तारिख खुलेलगत्तै नेपाली कर्मचारीमा कोरोना पुष्टि भएकाले नाका बन्द भएको थियो ।

अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको हो । केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन् ।

लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

You might also like

Comments are closed.