एजिन्स, विश्वभर कोरोना संक्रमणको त्रास छ । कोरोना संक्रमण बढ्दै जाँदा कतिपय देशमा लकडाउन र निषेधाज्ञासँगै कतिपय नियम नै परिवर्तन भएका छन् । साथीभाइ भेट्ने र जमघट गर्ने प्रचलनमाथि नै प्रश्न उठ्न थालेको छ ।
बेलायतमा पनि कोरोना नियन्त्रण सम्बन्धी नियम उलंघन गरेको आरोपमा एक नयाँ बेहुलीलाई जरिवाना तिराइएको छ । त्यहाँको प्रहरीले बेहुलीलाई १३ हजार डलर जरिवाना गरेको हो ।
बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना गरेको सिन्ह्वाले जनाएको हो । प्रहरीले विवाहमा सहभागी झण्डै दुई सय पाहुनालाई नियम उलंघन गरेर विवाहमा संलग्न भएको भन्दै फिर्ता गरेको छ ।
कोरोना संक्रमणको समयमा धेरै साथीभाइलाई विवाहमा निम्तो दिएको भन्दै स्थानीय प्रशासनले उनलाई पक्राउ गरेको थियो । ति नयाँ बेहुलीलाई प्रहरीले १३ हजार अमेरिकी डलर जरिवाना तिर्नेगरी धरौटीमा रिहा गरेको हो ।
Comments are closed.