Nepal's First Video FM

प्रदेश नं ७ धनगढीमा प्रदेशसभा सञ्चालन अभिमुखीकरण

577

फागुन १५, प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालन सम्बन्धी अभिमुखीकरण दिन थालिएको छ । सचिवालयले संसद् सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

प्रदेशसभा सचिवालयबारे आधारभूत जानकारी, आर्थिक कार्य प्रणाली, संसदीय अभ्यास र अनुगमन, कानून निर्माणमा राज्यका तहबीचको अन्तरसम्बन्ध, कानून निर्माण, दिगो विकास लक्ष्य लगायत विषयमा अभिमुखीकरण दिइएको छ ।

नयाँ संघीय संरचनानुरुप प्रदेशसभा गठन भएका अवस्थामा प्रदेशसभा सदस्यलाई सहजीकरण गर्न कार्यक्रम गरिएको संघीय संसद् सचिवालयका उपसचिव एकराम गिरीले बताए ।

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संघीय संसद् सचिवालयका उपसचिव गिरी, पूर्व सांसद एवं अधिवक्ता रेवतीरमण भण्डारी र युएनडिपीका यामनाथ शर्माले सहजीकरण गरिरहेका छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.