Nepal's First Video FM

नेता खतिवडा भन्छन: आफु मात्र सर्वेसर्वा हो भन्ने ठानियो भने पश्चिम बंगालको हालत हुन सक्ने बतायका छन्

365

मकवानपुर । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य बिरोध खतिवडाले नेकपाले अहिले पाएको जस्तो जनमत इतिहासमा कहिल्यै नआउने बताउनुभएको छ ।

थाहा नगरपालिकाको ११ र १२ नम्मर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको शालिक अनावरण कार्यक्रममा नेकपा नेता खतिवडाले यस्तो बताउनुभएको हो । ‘इतिहासमा अवसर भन्ने कुरा एकफेर आँउछ, पटक पटक आँउदैन, त्यसलाई अधिकतम ढंगले जनताको पक्षमा उपयोग गर्न जान्नुपर्छ ।’– जनपक्षीय प्रधानपञ्च तथा तत्कालिन टिष्टुङ गाँउ विकास समितिका अध्यक्ष स्वर्गीय अष्टमान बलको शालिक अनावरण गर्दै नेता खतिवडाले भन्नुभयो, ‘पार्टी केही होइन, आफु मात्र सर्वेसर्वा हो भन्ने ठानियो र त्यसरी काम गरियो भने पश्चिम बंगालको हालत हुन्छ । ’

उहाँले पार्टीबाट चुनाव जित्ने तर त्यसको भोलिपल्टदेखि पार्टीभन्दा मै ठुलो हो भन्ने प्रवृति देखाइने गरेको भन्दै त्यसलाई पार्टीप्रति र जनताप्रतिको बेइमानीका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले निरन्तर पार्टी सत्तामा रहँदा पनि नेताहरुले ठिक ढंगले काम गर्न नसकेकाले पश्चिम वंगालमा अहिले कम्युनिष्ट पार्टी शुन्य सिटको अवस्थमा रहेको भन्दै त्यही हालतमा पाटीलार्ई नपु¥याउन मुख्य नेताहरुलाई चेतावनी दिनुभयो ।

नेकपा नेता खतिवडाले दुई पार्टी एक भएर नेकपा थप बलियो भएको भन्दै एकतामा हुने बललाई विकास , निर्माणमा खर्च गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थोरै स्रोत र साधनका बीच पनि जनतालाई सेवा दिन आफुहरु तत्पर रहेको तरपनि जश पाउन नसकेको गुनासो गर्नुभयो । प्रमुख विष्टले अष्टमान बल अन्यार अत्याचारविरुद्ध लड्ने एक योद्धा हुनुका साथै उहाँका अगाडि कुनै जाली–पटाहहरु टिक्न नसक्ने अवस्था रहेको स्मरण गर्नुभयो । श्रोत सेन्टर खबर

You might also like

Comments are closed.