Nepal's First Video FM

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक स्थगित

521

काठमाडौं, १२ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कार्तिक १५ गतेदेखि कार्तिक १७ गतेसम्म बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ ।

नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ । कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अब बस्ने केन्द्रिय कमिटी बैठकले पाटीको एकता महाधिवेशनको तयारी गर्ने बुझिएको थियो । तर, निर्धारित मितिमा बैठक बस्न नसक्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि निर्धारित मितिमा बैठक बस्न नसकिने सन्देश महासचिव विष्णु प्रसाद पौडेलमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष पुर्याएका छन् । ओलीको सन्देश बोकेर पौडेल आज दाहाल निवास खुमलटार पुगेका हुन् । तर, दाहालले बैठक धेरै पर सार्न नहुने आफ्नो अडान राखेका छन् ।

दाहालनिकट स्रोतले जनाएअनुसार मंसिर १५ भन्दा उता बैठक नसार्न दाहालले पौडेललाई भनेका थिए । गत भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने भनेर मिति तोकेको थियो ।

You might also like

Comments are closed.