Nepal's First Video FM

अब छिट्टै आमा बन्दैछिन नायिका निशा अधिकारी

1,177

फागुन १५, ‘रिल’मा धेरै पटक आमा बनिसकेकी चर्चित नायिका निशा अधिकारी अब छिट्टै ‘रियल’मै आमा बन्दैछिन् । निशाले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफ्नो ‘बेबी बम्प’ प्रदर्शन गरेकी छिन् । सोमबार राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘एन्जोइन्ग एभ्री बिट अफ इट’ ।

उनले खुशी व्यक्त गर्दै इन्स्टाग्राममा थुप्रै तस्वीरहरु राखेकी छन् । प्राय सबैजनाले उनलाई बधाईसंगै सु-स्वास्थ्यको समेत शुभकामना दिएका छन् । निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो ।

गर्भवती सेलिब्रेटीहरुले ‘बेबी बम्प’ देखाउने चलन हलिउडमा भएपनि नेपालमा त्यति देखिएको थिएन । तर, पछिल्लो समयमा नेपाली कलाकारहरुले पनि सामाजिक सन्जालको माध्यमबाट सार्वजनिक गर्ने गरेको पाइन्छ । त्यस्तैगरी नायिका निशा अधिकारीले आफ्नो इन्स्टाग्रामबाट आफु गर्भवती भएको कुरा सार्वजनिक गरेकी छिन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.