Nepal's First Video FM

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

415

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि म्याक्रोँले टेलिभिजन सम्बोधन गर्दै शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् ।

You might also like

Comments are closed.