काठमाण्डौ । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतमा पृथ्विलाई गायिका मेचु धिमालले साथ दिएकी छिन् । मेचु धिमाल गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक,गायिका हुन् ।
यी दुवैले भ्वाइस अफ नेपालबाट चर्चा बटुलेका थिए ।
पृथ्वी खनाल र मेचु धिमालको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । यो गीतमा ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करणराज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्कि, कथा पृथ्वि खनाल र कोरियोग्राफिर निर्देशन मौसम हिमालिको रहेको छ ।
बर्दियामा छायांकन गरिएको भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ । गीत गायक खनालको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यस्तै नाबिन के भट्टराई सुगम संगीत छेत्र मा एउटा यस्तो नाम हो उनक दर्जनौ गीता हिट छन्। उनै गायक नबिनले गीति संग्रहको ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक गरेका छन्।
यस सम्बन्ध उनको आगामी एल्बमका लागि तयार पारिएको गीत हो। प्राय: आफ्नै संगीतमा गाउने नवीनले यो गीत आफ्नै संगीत संयोजनमा तयार पारेका हुन्। यो गीतको भिडयो निर्देशन पनि उनैले गरेका छन्।
गीतको भिडिओमा नबिनसँगै बिजिना राजभण्डारीको अभिनय देख्न पाइन्छ। भिडिओमा मन्दिप बखुंचेको सिनेमेटोग्राफी र मनोज सापकोटाको सम्पादन छ। गीतको शब्द राजनराज शिवाकोटीले लेखेका छन्। उनले यो गित लाई आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। हेर्नुहोस भिडियो ….
Comments are closed.