Nepal's First Video FM

भिटेनको युट्युबको ट्रेन्डिङ नम्बर १ मा, सुधिर र रियाशा ३ नम्बर

473

काठमाडौँ , चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लेको छ । तेस्तै सुधिर श्रेष्ठ र रियाशा दाहाल अभिनित ‘कुरा काट्ने मान्छे’ गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर ३ रहेको छ ।
गायिका एलिना चौहान र सुभाष पुरीको आवाज रहेको ‘कुरा काट्ने मान्छे’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने रिकेश गुरुले एरेन्ज गरेका हुन् ।

भिटेन तिनै र्‍यापर हुन् जसलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो, भिटेन तिनै र्‍यापर हुन् जसलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफल भएको छ । गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने साढे आठ हजार कमेन्टहरु आएका छन् । अधिकांस कमेन्ट भिटेनलाई फुर्क्याउने खालकै छन् ।

अहिलेको गीतमा पनि उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अश्लील शब्दको समेत प्रयोग गरेका छ

एलिना चौहान र सुभाष पुरीको आवाज रहेको ‘कुरा काट्ने मान्छे’ बोलको गीत, एक अर्कालाई आफूभन्दा माया गर्ने एक जोडीको प्रेम सम्बन्ध देखी विवाह र बुढेसकाल अनि मृत्यु सम्मको कथा बुनिएको छ । रियाशा र सुधीरलाई यस अघिका भिडियोमा चुलबुले माया प्रेम गर्ने र कम्मर मर्काउने भूमिकामा देख्दै आइएको थियो भने यस भिडियोमा उनीहरूलाई केही फरक अवतारमा देख्न सकिन्छ ।

भन्नेले जेसुकै भनेता पनि एक अर्कालाई माया गर्न कहिल्यै छोड्नु नहुने भाव बोकेको गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । भिडियो सरोज ओलिले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा कन्सेप्ट र कोरियोग्राफी भने बिक्रम स्वारको रहेको छ । यस म्युजिक भिडियो गज्जब टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

You might also like

Comments are closed.