काठमाडौँ , भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतबाट र्यापर भिटेन फेरी एक पटक झमेलामा परेका छन् ।
सार्बजनिक भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको।
एक वर्षअघि पनि र्यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।
भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।
केही दिनअघि सार्वजनि अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा १मा छ अहिले ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफल भएको छ । गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने साढे आठ हजार कमेन्टहरु आएका छन् ।
Comments are closed.