Nepal's First Video FM

गायिका सरिता कार्कीको ‘बदमास’ हेर्नुस् (भिडियो)

1,029

संगीता राई
फागुन १५ , सुमधुर स्वरकी धनी गायिका सरिता कार्कीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत नयाँ गीत ‘बदमास’ रिलिज गरेकी छन् ।

गायिका सरिताकै आवाज र प्रस्तुतिमा रहेको यस गीतमा चर्चित मोडेल महेन्द्र गौतम र नेपाली चलचित्रको व्यस्त नायिका अशिश्मा नकर्मीको धमाकेधार अभिनय रहेको छ ।

गीतको शब्द, संगीत भने नेपाली गीत, संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गीतकार तथा संगीतकार एकनारायण भण्डारीले गरेका छन् ।

नृत्य निर्देशक एवं मोडेल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । एरेन्जर केशब बडू छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.