काठमाडौँ, कुनै समयको सुपर हिट चलचित्र ‘कसले चोर्यो मेरो मन’को ‘नेम सिक्वेल’ बन्ने भएको छ । कुनै समय मा रेखा थापा र आर्यन सिग्देलको दब्दबा रहेको थियो त्यो समय रेखा र आर्यन को फिल्म हेर्न दर्सक हरु हलमा भिड हुनिथिए ।
रिलीजको दश बर्षपछि ‘कसले चोर्यो मेरो मन-२’ नाम राखेर निर्माता छवि ओझाले नै यो फिल्म बनाउन लागेका हुन् । यो फिल्म पनि ‘कसले चोर्यो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्दैछन् । विश्वस्त श्रोतका अनुसार कोरोना महामारी अगावै कलाकार छनौट बाहेक अन्य काम सकिईसकेको थियो ।
कोरोना पछिको लकडाउनको कारण यो फिल्मको बाँकी सबै काम रोकिएको थियो । अब भने काम पुन: शुरु भईसकेको बताईएको छ । सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्ने छैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।
नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुन सकेन । रेखा फिल्मस्बाट बनेको ‘कसले चोर्यो मेरो मन’ सर्वाधिक हिट भएको थियो । चलचित्रमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी छविको छ ।
Comments are closed.