Nepal's First Video FM

ओलीले अब अलग–अलग जाऔं भनेको प्रचण्डको ब्रिफिङ

339

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफुलाई अलग–अलग हिडन आग्रह गरेको आफु निकट नेताहरुलाई बताएका छन् । खुमलटारस्थित निवासमा आइतबार आफु निकटका नेताहरुसँग छलफल गर्दै दाहालले प्रधानमन्त्रीवाट यस्तो प्रस्ताव आएको बताएका हुन् ।

प्रधानमन्त्रीले विभाजनकै प्रस्ताव गरेपनि दाहालले भने आफु पार्टी एकता कायम राख्नका लागि क्रियाशील रहेको आफु निकट नेताहरुलाई बताएका छन । केही समयदेखि नेकपा अध्यक्ष ओली र दाहालबीच कार्यशैलीलाई लिएर विवाद देखिएको छ । पार्टी निर्णय विपरित काम गरेको भन्दै दाहालले ओलीप्रति असन्तुष्टि जनाउदै आएका छन । शनिवार बालुवाटारमा भेटेर दाहालले विवादका विषय छलफल गर्न सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय दुई नेताबीच विवाद छ ।

यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए ।

जसमा प्रचण्डले ओलीसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए ।

You might also like

Comments are closed.