Nepal's First Video FM

विरोधपछि अक्षयको ‘लक्ष्मी बम’ नाम फेरियो

457

एजेन्सी, डिजिटल रिलिजको तयारीमा रहेको बलिउड अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाम परिवर्तन गरिएको छ।

सिनेमा नयाँ नाम ‘लक्ष्मी’ हुनेछ सिनेमामा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन्। हाल फिल्म निर्माण पक्षले नै नयाँ नामको साथमा नयाँ पोस्टर पनि रिलीज गरेका छन् । पोस्टरमा अक्षय कुमार र कियारा आडवाणी देखिएका छन् । अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हरेक घरमा लक्ष्मी आउने छिन् । घरपरिवारको साथमा हेर्नलाई तयार हुनुहोस् यो फिल्म ९ नोभेम्बर तिहारमा आउदैछ ।’

ओटीटी प्लेटफर्म डिज्नी आटस्टारमा रिलीज हुने यो फिल्मको ट्रेलरलाई हिन्दुवादी संगठनले फिल्मको नाम प्रति आपत्ती जनाएका थिए । यसैगरी सेनाले पनि फिल्म निर्मातामाथि हिन्दु देवी–देवताहरुको अपामान गरेको आरोप लगाएको थियो ।
सबैको भावनालाई ध्यानमा राख्दै फिल्म निर्माण पक्षले फिल्मको नाम नै ‘लक्ष्मी’ राख्ने निर्णय गरेको हो ।

यो फिल्म तमिल हिट फिल्म ‘कंचना’ को हिन्दी रीमेक हो । मुल फिल्ममा निर्देशन गरेका राघव लरेन्सले ‘लक्ष्मी’ को निर्देशन गरेका छन् । यो फिल्म अमेरिका, युके र क्यानाडामा एकैसाथ ९ नोभेम्बरमा ओटीटी प्लेटफर्ममा प्रीमियर हुँदैछ

You might also like

Comments are closed.