Nepal's First Video FM

संक्रमितको उपचार धरौटी नलिई गर्न सरकारको निर्देशन

232

काठमाडौँ, सरकारले सरकारी अस्पताललाई धरौटी शुल्क नलिएर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।

सरकारी निर्देशनअनुसार भन्दै विभिन्न सरकारी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । उपत्यका तथा उपत्यकाबाहिर रहेका सबै सरकारी अस्पतालले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पताललाई स्पष्टीकरणसमेत सोधिएको छ । सरकारले फेरि आफैँ उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।

यसै बीच नेपालमा आइतबार नेपालमा २ हजार ८ सय २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ७८ पुरुष र १ हजार ४६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । थपिएकामध्ये झन्डै ६० प्रतिशत काठमाडौं उपत्यकाका छन । एकै दिन उपत्यकामा १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ हजार ३ सय ६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संंख्या ३७ हजार ७ सय ६५ रहेको छ । तिमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७ सय ७९ जना र बाँकी ३० हजार ९ सय ८६ जना घरमै रहेका छन । त्यस्तै २ सय ८३ जना आईसीयु र ८६ जना भेन्टिलेटरमा रहेका छन । ३ हजार ६ सय २० जना पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएका छन ।

अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । अहिले देशभरका क्वारेन्टिनमा यस्तै दुई हजार तीन सय ८६ जना क्वारेन्टिनमा रहेका छन । नेपालमा हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ पीसीआर नमूना परीक्षण गरिएको छ । यस्तै गएको २४ घण्टामा २३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ सय ६० पुगेको छ ।

You might also like

Comments are closed.