काठमाडौँ , कोरोना भाइरसका कारण नेपाली फिल्म क्षेत्र होम आइसोलेसन मा छ भन्दा फरक नपर्ला । यस्तो बेलामा कलाकारका लागि म्युजिक भिडियो खर्च जोहो गर्ने माध्यम पनि बनेको छ । पैसा पनि राम्रो आउने ,एक दिनमै काम सकिने भएकाले पनि होला । फिल्मका कलाकारलाई म्युजिक भिडियो खेल्न यसैले आकर्सण गरेको छ ।
यस को अहिले लहर पछिल्लो समय म्युजिक भिडियो नखेली बसेका राजेश हमाल र आर्यन सिग्देलमा पनि देखिएको छ । फिल्म नखेली बसेका राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिएका थिएनन् । महानायकको विवादपछि चर्चाको केन्द्रमा फर्किएका हमाल केही विज्ञापन र ‘जातको प्रश्न’ कार्यक्रममार्फत् टेलिभिजनमा देखिएका थिए । तर, दशैँ आगाडी मात्र उनले तीनवटा म्युजिक भिडियोको सुटिङ सकाएका छन्
यस्तै पछिलो समय म्युजिक भिडियोमा बेस्त हुने नाम हो दयाहाङ राई, नेपाली चलचित्र क्षेत्रमा जब दयाहाङ राई को आगमन भयो तेस पछि नेपाली चलचित्र क्षेत्र ले एउटा अर्गानिक कलाकार पायो । उनै दयाहाङलाई नाच्न असहज लाग्छ उनले भनेका छन् । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा पनि खुल्दै गएका छन् ।
लकडाउनका बेला दयाहाङले अभिनय गरेका केही म्युजिक भिडियो सार्वजनिक भए । ती म्युजिक भिडियो दर्शकले रुचाएका पनि छन् । दयाहाङ पनि म्युजिक भिडियोमा देखिन थालेपछि दर्शकले प्रश्न गर्न थालेका छन् – दयाहाङ राई ज्यू, अफर आएजतिका फिल्ममा काम गरेर स्टारडम गुमाउनुभयो । अब म्युजिक भिडियो पनि त्यसरी नै ब्याक टु ब्याक आउने त हैनन् ?
मंसिरमा ‘चचहुईं’को रिलिजपछि आर्यन सिग्देल कहाँ थिए थाहै थिए । दसैंको मुखमा आर्यन सिग्देलले पनि दुइटा म्युजिक भिडियोको सुटिङ सकाएको जानकारी गराएका छन् । मिलन चाम्सले निर्देशन गरेको गीत भर्खरै सार्वजनिक भएको छ जहाँ आर्यनले आँचल शर्मा र रेबिका गुरुङसँग स्क्रिन सेयर गरेका छन् ।
पल शाह र पुष्प खड्का म्युजिक भिडियामा सबैभन्दा देरै देखिने मा पर्दछन् । म्युजिक भिडियोकै पृष्ठभूमिबाट फिल्ममा हिरो भएका उनीहरू स्टारकास्ट चाहिने म्युजिक भिडियोमा पहिलो रोजाइमा पर्ने गरेका छन् । अझ यसमा पनि पल शाहविनाका म्युजिक भिडियो देख्न मुस्किल पर्छ । पल को त लक्डाउन मा भिडीयो को बर्सा नै भए को छ ।
चकलेटी हिरोमध्ये प्रदीप खड्काले पनि यही साल आफूलाई म्युजिक भिडियोमा बिटुल्याएका थिए । लकडाउनकै समयमा खिचिएका दुई राष्ट्रिय गीतमा प्रदीपले अभिनय गरेका थिए । तर, प्रदीपले पछिल्लो समय अभिनय गरेका फिल्म झैं म्युजिक भिडियोमा पनि उनको काम कसैले ‘नोटिस’ गरेनन् । उनले यसै समय मा एउटा बैक को बिज्ञापन पनि खेलेक छन् ।
आकाश श्रेष्ठले पनि लकडाउनकै समयमा म्युजिक भिडियोको संख्या राम्रै बनाएका छन् । धेरै जसो भिडियोमा पूजा शर्मासँग देखिएका आकाश यहाँ पनि पूजाको छायाँबाट बाहिर निस्कन सकेका छैनन् । पछिल्लो समय पूजाले खेल्ने गरेका फिल्ममा आकाश जोडी रहँदै आएका छन् ।
चकलेटी हिरोमध्ये अहिलेसम्म अनमोल केसी, सलिनमान बानियाँ, धिरज मगर र सुशील श्रेष्ठ मात्र म्युजिक भिडियोमा देखिएका छैनन् ।
Comments are closed.