Nepal's First Video FM

गिनिज बुकमा नाम लेखाउन निधारमा सिङ, ५१६ पटक बडी मोडिफिकेसन

380

एजेन्सी। जर्मनीका रोल्फ बुखोल्च नामका एक व्यक्तिले शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका रोल्फले जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न समेत भ्याएका छन् ।बुखोल्चले निधारमा प्रत्यारोपण गरेर दुईवटा सिङजस्ता आकृति निकालेका छन् । आँखीभौँ तथा मुखको वरिपरि कैयौँ रिङ तथा सुइहरु खोपिएको स्वरुप रहेका उनि सन् २०१४ मा दुबई विमानस्थलमा ओर्लिएर होटलतर्फ जाने क्रममा उनको अनौठो मुखाकृति तथा जीउकै कारण फर्काइएपछि उनी चर्चामा आएका थिए ।
५१६ पटक बडी मोडिफिकेसन गरेर पनि उनलाई अझै चित्त बुझेको छैन, रोल्फ भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ ।

यसले मलाई बदलेको छैन । म त उही मान्छे नै हुँ ।’उनको शरीरमा ४५३ वटा प्वाल पारिएको छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु खोपेका छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरेका बुखोल्च जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहने उनि बताउछन्।
हाल गिनिज बुकले उनको भिडियो शेयर गरेसँगै पुनः चर्चामा आएका बुखोल्च सन् २०१० मै जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए ।

You might also like

Comments are closed.