काठमाडौँ, लोकप्रिय गायक मौसम गुरुङको घाटीमा गम्भीर समस्या देखिएको छ।केहि समय देखि घाटीमा समस्या देखिए पनि सामना गरेर गीत गाइरहेका थिए। डाक्टरको सल्लाह अनुसार उनलाई गीत नगाउँन र केहि समय आराम गर्न अनुरोध गरेका छन।घाटीमा पलाएको मासुको कारण उनको भोकलामा गम्भीर समस्या देखिएको थियो।
मौसम गुरुङ नेपाली लोकदोहोरी क्षेत्रमा सबैले मन पराएका एक पछिल्लो पुस्ताका चर्चित गायक हुन्।उनले आफुलाई परेको समस्या फेसबुकमा लेख्दै आफ्नो आवाजमा रेकर्ड नभएका गीतहरु छिट्टै रेकर्ड गने प्रतिबद्धता समेत गरेका छन ।
मौसम गुरुङको फेसबुकमा पोष्ट :
घाटी को समस्या ले गर्दा मलाई मायाँ गरेर विश्वास गरेर धेरै गीत सुम्पिनु हुने सर्जक,लगानीकर्ता ज्यु हरु गीत अलि ढिलो हुन पुगेको मा हृदय देखि क्ष्यमा चाहन्छु !!! डाक्टर को सल्लाह अनुसार २ हप्ता बोल्न नमिल्ने बताउनु भएकोले यहाँ हरुको विश्वास कहिल्यै तोड्ने छैन छिटै नै आफ्नो काम मा फर्कने बाचा गर्दछु !!
धन्यबाद !!!
मौसम गुरुङ
Comments are closed.