काठमाडौँ, लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ‘आउन माया’को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।
भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथालाई मार्मिक तरिकाले देखाइएको छ । किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।
यस्तै शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छ
लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
Comments are closed.