Nepal's First Video FM

बाग्लुंङ बजार एक साताका लागि बन्द

318

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको छ । सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका चार वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । बैंक तथा वित्तीय संस्था पनि बन्द हुने उनले बताए ।

यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो ।

खाद्यान्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने बन्द गरिएको छैन ।

You might also like

Comments are closed.