माघ ११, बृद्धभत्ताको उमेर हद घटाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकारका पछिल्ला निर्णयको विरोध जनाएका हुन् ।
‘शेरबहादुरजी सांसद हुँदै हुनुहुन्छ किन हतार भएको उहाँलाई ? फेरि उहाँ ७१ बर्षको भइसक्नु भयो क्यारे’ ओलीले भने ।
ओलीले कामचलाउ सरकारले यसबीचमा गरेका निर्णयको नयाँ सरकारले स्वामित्व नलिने बताए । ‘यी सबै असंवैधानिक, अनुचित र अनैतिक काम हुन्’ ओलीले भने ।
Comments are closed.