Nepal's First Video FM

के अभिनेत्री स्वेता खड्काको बिहेको कुरा साचो हो त ?

484

काठमाडौँ, अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।

केही दिनयता स्वेताको बिहेबारे खबर गोसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।
यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।

दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।

उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फे सबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।

विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

के भन्छिन् स्वेता ?

अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् ।

हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ तर, स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले बिहे गर्ने मूडमा नरहेको बताइन् ।

उनले आफू अहिलेसम्म प्रेममा नरहेको र मनले खाएको प्रेमी समेत नपाएको बताएकी छिन् ।

केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले बिहे गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।

हल्लाबारे जिज्ञासा राख्दा स्वेताले भनिन्, ‘बिहे भयो भने शुरूमा तपाईंलाई भनौंला । अहिले म सिंगल छु ।’

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । बिहेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

You might also like

Comments are closed.