काठमाडौं, १८ कात्तिक । साइबर ब्युरोले पक्राउ गर्न पत्र पाएको ५ दिनपछि आफूलाई पक्राउ गर्ने आदेश रोक्का गरिपाउँ भन्दै र्यापर समिर घिसिङ (भिटेन) अदालत पुगेका छन् । भिटेन पक्राउ गर्ने आदेश राेक्का गरिपाउँ भन्ने निवेदनसहित उच्च अदालत पाटन पुगेको बताइएको छ ।
पारा बोलको म्युजिक भिडियो युट्युवमा अपलोड गरेपछि सोही गीतको बिषयमा गुनासो आएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गरि अनुशन्धान गर्न साईबर ब्युरोलाई पत्र पठाएको थियो ।
यो भन्नदा पहिले गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् । गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ ।
‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा अगाडि भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ भनेका थिए ।’
र यो पनि …………….
भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतबाट र्यापर भिटेन फेरी एक पटक झमेलामा परेका छन् ।
सार्बजनिक भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको।
एक वर्ष अघि पनि र्यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।
भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।
Comments are closed.