काठमाडौं , चर्चित कलाकार ‘मह’का ‘ह’ अर्थात् हरिवंश आचार्यलाई कोरोना पोजेटिभ भएको थियो । हरिवंश सँगै जीवनसाथी रमिला चार्यालाई पनि कोरोना भएको थियो । आचार्य दम्पत्ती कोरोना मुक्त भैसकेका छन् । हरिवंश दम्पत्ती कोरोना मुक्त भएपछि मदनकृष्ण श्रेष्ठको यस रोगबाट सचेत रहन आग्रह गरेका छन् मास्कले धेरै हदैसम्म कोरोनाबाट बचाउँन मद्दत पुर्याउने बताएका छन्।
हरिवंश आचार्यसँग सुटिङको बेलासगैँ भएपनि आफूहरूले मास्क लगाउन नछोडेकोले संक्रमण हुनबाट जोगिएको अनुभव सामाजिक संजालमा सेयर गरेका हुन्। ‘कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन’, उनले भनेका छन्, ‘मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउन मद्दत पुर्यायो। त्यसैले साबुन पानी, स्यानीटाइजर र सामाजिक दूरीका साथै मास्क लगउन बिषेश ध्यान दिन जरुरी छ।’
उनलाई असोज २० गते संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि हरिवंश आचार्य र उनकी श्रीमती रमिला पाठक होम आइशोलेशनमा बसेका थिए, १७ औँ दिनमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । श्रेष्ठले हरिवंशलाई कोरोना पोजेटिभ भैसकेको कुरा हरिवंश आफैलाई पनि थाहा नभएको बताए।
‘उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुवैजनाले यस बिषयमा कुरै नगरे पछि हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन शंकासम्म पनि नहुनु स्वभाविकै थियो’, उनले भने, सुटिङको दौरानको भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो भनेपछि एक छिन म पनि झसंग भएं।’
श्रेष्ठको स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखा नपरे पनि सतर्कताका साथ घरैमा आईसोलेशनमा बसेको बताए। एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए।
Comments are closed.