Nepal's First Video FM

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक

482

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । महराकी श्रीमती सीता महराको आज बिहान ६:२५ बजे नर्भिक हस्पिटलमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार दाङबाट हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचाररत उनको आज बिहान निधन भएको हो ।

उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

You might also like

Comments are closed.