Nepal's First Video FM

भारतको अहमदावादमा कपडा गोदाममा आगलागी परी ८ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भी !!

406

भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।

कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५ जना अझै छतले पुरिएको हुनसक्ने आशंका गरिएको छ।

उक्त स्थानमा अहिले आगो निभाउनका लागि दमकल पुगिसेकेको र राहत र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अग्नि नियन्त्रण ब्युरोका एक अधिकारीले गोदामको छेउमा रहेको बायलरमा विस्फोट हुँदा आगो लागेको जानकारी दिए।

यस घटनामा ६ जनालाई उद्धार गरिएको छ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

You might also like

Comments are closed.