काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १८७८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। मंगलबार १४८६ जना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित थपिएका छन्।
देशभर भने ३३०९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ३८४४ जना निको भएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६९११ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा ६७८० र होम आइसोलेसनमा ३०१३१ जना रहेका छन्। यस्तै क्वारेन्टिनमा १३०५ जना रहेका छन्।
विगत २४ घण्टामा नेपालभरि थप ३,३०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र ३० जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण जनाएको छ।
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८२,००० नाघेको छ भने तीमध्ये झन्डै १,४५,००० जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा १,०३४ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मङ्गलवार कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो नाघेको थियो।
विगत २४ घण्टामा ३,८४४ जना निको भएको मन्त्रालयले जनाएको छ।
Comments are closed.