काठमाडौं, १९ कार्तिक । नायिका ऋचा शर्मा कोरोना मुक्त भएकी छिन् । सेल्फ क्वारेन्टिनमा बसेर आफु कोरोना मुक्त समेत भएको ऋचाले आफ्नो फेसबुक स्टाटसमा उल्लखे गरेकी छिन् ।
उनले लेखेकी छिन्, विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ की पढेर जानिन्छ की परेर। यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगे। पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु ।
कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलीदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु। कोरोना जित्न मैले के गरे, खानपान्, जिवन शैली बारे छिटै यहाँहरु लाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमाँ रहेर हामीलाई सेवा पुर्याउनुहुने समपूर्णलाई नमन गर्दछु।सतर्क रहनुस, स्वस्थ रहनुस।
Comments are closed.