एजेन्सी, १९ कात्तिक । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ ।
यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
यस्तै बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शारीरिक शोषण भएको बताएकी छिन् ।
इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन्, एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो । १ वर्षपछि मात्र उनले माता पितालाइृ भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रिस उठेको पनि इराले बताइन् ।
यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र नराम्रा घटनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै मजबुद भएको पनि उल्लेख गरेकी छिन् । उनले माता पिताको सम्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् ।
केही दिन अगाडी इराले आफु डिप्रेशनमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डिप्रेशनमा गएको भिडियो मार्फत नै सार्वजनिक गरेकी थिइन् । उनको उपचार हाल पनि चलिरहेको छ । आफु डिप्रेशनमा किन गए भनेर इराले अझै पनि थाहा पाउँन सकेकी छैनन् ।
तेस्तै सुशान्त सिंह राजपुतको विषयमा मुम्बई प्रहरीले बम्बैको उच्च अदालतमा एक सनसनी पुर्ण दाबी गरेको छ । मुम्बई प्रहरीले सुशान्तको मानसिक स्वास्थ्य उनकै बहिनीहरुले दिएको औषधिको कारण बिग्रेको सम्भावना धेरै भएको बताएको छ ।
सुशान्तको बहिनीविरुद्ध रिया चक्रवर्तीले एफआइआरमा दायर गरेको मुद्दाको सुनुवाईको क्रममा प्रहरीले यस्तो रिपोर्ट दिएको हो । सुशान्तको बहिनी प्रिंयका सिङ र मीतु सिंहले रिया चक्रवर्तीद्धारा आफुहरुमाथि हालिएको मुद्दा खारेज गर्न माग गर्दै बम्बै स्थित उच्च अदालतमा निवेदन दिएका थिए ।
सुशान्तका बहिनीहरुमाथि रियाले एफआइआरमा जालसाजी गरेको र सुशान्तलाई डाक्टरकोे सल्लाह बिना औषधि दिएको आरोप लगाएकी थिइन् । मुद्दा बान्द्रास्थित प्रहरी कार्यालयमा दर्ता गरिएको थियो ।
रिपोर्टमा सुशान्तको बहिनीको विरुद्ध एफआइृआर दर्ता गरेर सीबीआई प्रहरीले गरेको अनुसन्धानलाई कुनै पनि हिसाबले प्रभाव पार्न चाहँदैन पनि भनिएको छ । उनीहरुले दिएको प्रहरी रिपोर्ट रिया चक्रवर्तीले दिएको प्राथमिक जानकारीमा आधारित थियो ।
मुम्बई प्रहरीको रिपोर्टमा यो पनि भनिएको छ, प्रियंका सिंह र मितु सिंहले दिल्लीका एक डाक्टरको सहयोगमा सुशान्तलाई नक्कली प्रेस्क्रिप्सन पठाएका थिए, जसमा चिन्ताको लागि औषधि प्रस्ताव गरिएको थियो । यसैकारण सुशान्तले डाक्टरको जाँच बिना साइकोट्रोपिक पदार्थ लिएका थिए जसको कारण सुशान्तलाई आत्महत्या निम्ताएको हुनसक्छ ।
हाल सीबीआईले सुशान्तको आत्महत्या प्रकरणबारे अनुसन्धान गरिरहेको छ । मुम्बई प्रहरीले सीबीआईले गरेको अनुसन्धानको तरीकालाई लिएर विरोध गरिरहेको छ ।
Comments are closed.