काठमाडौं, १९ कात्तिक । चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर फिल्ममा अहिले श्रद्धा क्षेत्रीको ईन्ट्री भएको छ ।
चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो । नायिका दीपिका प्रसाईंको स्वास्थ्यमा समस्या उब्जिएपछि दीपिकाको ठाउँमा श्रद्धा आएकी हुन् ।
निर्माता रत्न श्रेष्ठले नायिका दीपिका प्रसाँइले थाइराइट र माइग्रेसनको समस्याले पीडित रहेका कारण फिल्ममा काम गर्न नसकेको बताएका छन् । श्रद्धा लामो समयदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी छिन् । श्रद्धाले अभिनय गरेको फिल्म ‘हृदयभरि’ को छायाँकन सकिएको छ ।
यो चलचित्रमा पुष्प र श्रद्धाका अलवा वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । लक्ष्मण सुवेदीको कथा, पटकथा, संवाद रहेको चलचित्रको छायांकन मंसिर १५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायांकन रहनेछ ।
निर्माता रत्न श्रेष्ठले नायिका दीपिका प्रसाँइले थाइराइट र माइग्रेसनको समस्याले पीडित रहेका कारण चलचित्रमा काम गर्न नसकेको बताएका छन् ।
Comments are closed.