Nepal's First Video FM

हलमा चलेको डेढ वर्षपछि ‘ए मेरो हजुर-३’ युट्युबमा सार्वजनिक !!

393

काठमाडौं। झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-३’ युट्युबमा सार्वजनिक भएको छ।

चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो। युटुबमा आउनु अगाडि यो चलचित्रलाई विदेश तथा टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो। यो चलचित्रमा अनमोललाई सुपरस्टारको भूमिकामा देखाइएको छ भने सुहानालाई उनको फ्यानको भूमिकामा देखाइएको छ।

यहि चलचित्रबाट निर्देशक झरना थापाकी छोरी सुहानाले नेपाली चलचित्र क्षेत्रमा इन्ट्री मारेकी हुन्। उनको अभियनको खुबै प्रशंसा गरिएको थियो।

https://m.youtube.com/watch?v=keY7NXGIVbo

सको अर्को सिरिज ‘ए मेरो हजुर-४’ मा पनि सुहाना र अनमोल नै देखिनेछन्। जसको छायांकनको काम भइरहेको छ। प्रेम कथामा बन्न लागेको यो चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अघि नै सकिएको थियो। अहिले बाँकी छायांकनको काम भइरहेको छ।

You might also like

Comments are closed.