Nepal's First Video FM

ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ !!

155

काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजयी । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने उनी विजयको नजिक पुगेका छन् ।

बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् भने अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए ।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएउने भएका छन् ।

यस्तै टेक्सासमा सन् २०१६ को राष्ट्रपति चुनावको कुल मतदानभन्दा धेरै मतदान अर्लि भोटिङमै भइसकेको छ । अघिल्लो राष्ट्रपति चुनावमा ८९ लाख ६९ हजार २२ सय २६ मत खसेको टेक्सासमा चुनावको मुख्य दिन आउनु अगाडि नै ९० लाख बढीले अर्लि भोटिङ गरिसकेका छन् ।

टेक्सासमा कुल मतदाताहरु झण्डै १ करोड ७० लाख रहेकोमा ५३ प्रतिशतले मतदान गरिसकेका छन् । सन् २०१६ को चुनावयता टेक्सासमा मतदाताको संख्या झण्डै १८ लाख बढेको छ । २०१६ को चुनावमा कुल मतदातामध्ये ५९ दशमलव ४ प्रतिशतले मतदान गरेको टेक्सासमा यो बर्ष भने ऐतिहासिक मतदान हुने देखिएको छ ।

८० लाख ६२ हजार भन्दा धेरैले मतदानस्थलमा नै उपस्थीत भएर मतदान गरेका छन् भने झण्डै साढे ९ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् । टेक्साससँग इलेक्टोरल भोट रहेका छन् । १९८० यताको राष्ट्रपति चुनावमा टेक्सासमा रिपब्लिकनले जित्दै आएका छन् ।

१९७६ मा भने टेक्सासमा जिम्मी कार्टरले जितेका थिए । त्यो अगाडि रिचर्ड निक्सनले जितेको टेक्सासमा १९६०, १९६४ र १९६८ मा भने डेमोक्र्याट्सहरुले जितेका थिए । अहिलेको विभिन्न सर्वेक्षणहरुमा टेक्सासमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

चुनावको मुख्य दिन आउनु अगाडि नै अमेरिकामा झण्डै साढे ८ करोडले अर्लि भोटिङ र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिसकेका छन् । क्यालिफोर्नियामा पनि ९१ लाख भन्दा धेरैले मतदान गरिसकेका छ् भने ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा ७८ लाख भन्दा धेरैले मतदान गरिसकेका छन् ।

You might also like

Comments are closed.